घोराही । दाङ महीला जेसिजले नेपाली महीलाहरुको पर्व हरितालीका तीजका अवसरमा शुभकामना तथा भेटघाट कार्यक्रमको आयोजना गरेको छ ।  दाङ महीला जेशीजका सन २०१६ का अध्यक्ष सञ्जीता गौतमको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतीथि  डा । सरस्वती पोख्रेलले धर्म संस्कृती र परम्परा हाम्रा धरोहर भएकाले यसलाइ विकृतीरहीत वनाउन आजका शिक्षित महीलाहरु अग्रसर हुनुपर्ने वताएकी थिईन् ।

हरेक परिवर्तनको सुरुवात आफैवाट गर्नु पर्ने वताउदै प्रमुख अतीथी डा पोख्रेलले श्रीमान श्रीमतीको सहअस्तीत्व र मेलमीलापवाटै परिवार ,घर समाज र राष्ट्र सुन्दर हुने वताएकी थिईन् ।

यसतर्फ पनी सवैजना जागरुक हुनुपर्ने उनको भनाई थियो । कार्यक्रममा  नेपाल नर्सीङ संघका केन्द«ीय उपाध्यक्ष ललीता केसी , नेपाली काग्रेसका जिल्ला कोषाध्यक्ष सावित्रा राना, नेपाल महीलासंघका जिल्ला अध्यक्ष गोमा रावत , नेपाल महीलासंघका निवर्तमान जिल्ला अध्यक्ष गीता शाह ,नेपाल परिवार नियोजन संघका अध्यक्ष निर्मला गौतम, दाङ महीला जेसीजका पुर्व अध्यक्ष निर्मला शर्मा,निवर्तमान अध्यक्ष विमला शर्मा, महीला मानवअधिकार रक्षक सञ्जालका जिल्ला अध्यक्ष शुस्मा गीरी , नेपाल प्रेस युनीयनका जिल्ला उपाध्क्ष वसुन्धरा गौतम , गोरक्ष राष्ट्रीय दैनीकका प्रकासक शुलोचना गौतम, खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघका अध्यक्ष पुष्पा श्रेष्ठ, लाएन्स क्लवका सरिता देवकोटा , वालीका लम्साल लगाएतले शुभकामना मनतव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मनतव्य शारदा घर्तीले गरेकी थिईन् भने  सहजीकरण महासचीव रेखा शर्माले गरेकी थिईन् ।  त्यसअवसरमा महीला दिदीवहीनीहरुले सामुहीक दर तथा नाच गान समेत गरेका थिए।