स्थानीय तह पुनःसंरचना प्राविधिक सहजीकरण समिति दाङले  स्थानीय तह पुनःसंरचना आयोगलाई सिफारिस पठाईसकेको छ । बुधबार दाङका स्थानिय बिकास अधिकारी तथा  ।  स्थानीय तह पुनःसंरचना प्राविधिक सहजीकरण समितिका संयोजक रमेश गौतमले दाङमा आठ  वटा स्थानीय तहका एकाइ मात्रै रहेको सिफिारिस आयोगलाई पठाएका हुन् ।
sthaniya-nikaya-punarsamrachna-aayog
दाङमा १० ओटा स्थानिय तह हुनसक्ने प्रारम्भिक खाका तयार गरिएको भएपनि आठ एकाइमात्रै रहेको सिफारिस पठाएको स्थानिय बिकास अधिकारी तथा समितीका संयोजक रमेश गौतमले जानकारी दिए ।

यस अघि चार वटा जिल्लाले आयोगलाई सिफारिस पठाई सकेका छन् ।   दाङ सहित आयोगमा स्थनिय तहको सिफारिस पठाउने जिल्ल पाँच रहेको  आयोगका उपसचिव देवीप्रसाद सुवेदीले जानकारी दिए ।  उनका अनुसार यसअघि दार्चुला, डडेलधुरा, सिन्धुपाल्चोक र मुगुले आयोगमा प्रतिवेदन बुझाएका छन् ।

स्थानीय तहको पुनःसंरचना गर्न गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले जिल्लामा गठन गरिएको प्राविधिक समितिलाई सुरुमा साउन मसान्तसम्ममा सिफारिस पठाउन निर्देशन दिएको थियो तर आयोगले तयार गरेको प्रारम्भिक खाकामा राजनीतिक दलहरूले असन्तुष्टि जनाउन थालेपछि यो काम अवरुद्ध भएको थियो ।