दाङ, ११ भदौ । 
दाङमा केहि दिन पहिले जीपवाट आर्लने क्रममा लडेर घाइते भएका एक युवकको उपचारको क्रममा ज्यान गएको छ ।तुलसीपुरवाट वाघमारे जाँदै गरेको ग १ ज ४५१६ नं को जीपवाट ओर्लने क्रममा लडेर घाइते भएका शान्तिनगर ४ का २३ वर्षिय प्रकाश वलीको लखनउमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ ।feature

वली अस्ती शान्तिनगर गाविस १ चौकीडाँडा भन्ने स्थानमा जीपवाट ओर्लदा लडेर गम्भिर घाइते हुनुभएको थियो । उहाँको भारतको लखनउमा उपचारका क्रममा ज्यान गएको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले जानकारी दिनुभयो ।।