घोराही, ११ भदौ । 
विगत वर्ष जस्तै यस बर्ष पनि घोराहीमा नवदुर्गा भगवतिको मूर्ति प्रतिष्थापन गरिने भएको छ । पुजा सम्पन्न गर्नका लागि विष्णु गुप्ताको अध्यक्षतामा कार्यसमिति चयन गरिएको छ । कार्यसमितिको उपाध्यक्षमा राजकुमार गुप्ता, सचिवमा बसन्तकुमार गुप्ता र कोषाध्यक्षमा सुनिल गुप्तालाई चयन गरिएको छ ।meeting

समितिको सदस्यहरुमा सुनिल गुप्ता, रविशंकर गुप्ता, राम गोपाल गुप्ता, लालताप्रसाद गुप्ता, ब्रम्हदेव मण्डल, टोपेन्द्र गुप्ता, धनेश गुप्ता, विपीन गुप्ता, विपिन गुप्ता, मदन गुप्ता र कृष्ण गुप्ता रहनुभएको छ ।

यस्तै सल्लाहकारमा खड्कवहादुर बुढाथोकी, देविप्रसाद गुप्ता, हेमराज बञ्जाडे, दिलीप डिसी, नारायण गुप्ता, चन्द्रराज पन्त, पशुपति जयसवाल, गणेश गुप्ता, अशोक बर्मा रहनुभएको छ भने समितिको कानुनी सल्लाहकारमाा सुकइ गुप्ता र प्रेस सल्लाहकारमा शरद अधिकारीलाई चयन गरिएको छ ।

घोराहीको कल्पु धर्मशालामा भएको भेलाले आगामी विजयादशमीका अवसरमा घोराहीको बालमन्दीरमा नवदुर्गा भगवतिको पुजा अर्चना गर्ने निर्णय गरेको थियो ।।