ronaldoकाठमडौ ११ भदौ । कप्तान क्रिष्टियानो रोनाल्डो पोर्चुगलको विश्व कप छनौटको पहिलो खेलका लागि घोषणा गरिएको टिममा परेका छैनन् । युरो कपको फाइनलमा घुँडामा लागेको चोट निको नभएका कारण रोनाल्डो विश्व कप छनौटको पहिलो खेलमा खेल्न नसक्ने भएका हुन् ।

गएको जुलाईमा फ्रान्ससँगको युरो कपको फाइनलपछि रोनाल्डोले खेलका छैनन् ।पोर्चुगलले आउँदो बिहीबार मैत्रिपूर्ण खेलमा जिब्रालचारसँग खेल्नेछ । विश्व कप छनौटको आफ्नो पहिलो खेलमा पोचुर्गलले भदौ २१ मा स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ ।

स्वीट्जरल्याण्डसँगको खेलमा पोर्चुगल रोनाल्डो बिनानै खेल्ने छ । पोर्चुगलले स्वीट्जरल्याण्डसँगको खेलका लागि २४ सदस्यीय टोली घोषणा गरेको छ । त्यसमा रोनाल्डो छैनन् । युरो कपको फाइनलमा विजयी गोल गरेका एडर  टिममा परेका छन् ।