रेखा मगर
दाङ, १४ बैशाख
दाङमा श्रीमानको कुटपीटवाट एक महिला गम्भिर घाइते हुनुभएको छ । पुरन्धारा ६ वस्ने ३२ वर्षिया कमला वलीलाइ श्रीमान रामवहादुर वलीले टाउकोमा दाउरा प्रहार गर्दा उहाँको टाउकोमा गम्भिर चोट लागेको प्रहरीले जानकारी दिएको छ ।
घटना यहि ११ गतेको भएपनि कमलाका आफन्तले प्रहरीमा जानकारी गराइपछि मात्रै घटना वाहिर आएको हो । घररायसी विवादमा रामवहादुरले दाउरा प्रहार गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले जानकारी दिनुभयो ।
कुटपीट गर्ने रामवहादुर वलीलाइ प्रहरीले घोराहीवाट पक्राउ गरेको छ । पीडितको उजुरीका आधारमा वलीलाइ कारवाही हुने उहाँले जानकारी दिनुभयो । गम्भिर घाइते कमला वलीलाइ नेपालगन्ज रिफर गरिएको छ ।।