दाङ, १४ बैशाख
दाङको रामपुरमा ससुराली गएका एक व्यक्तिले घरमा आग्जनी गरेका छन । रामपुर २ का निमवहादुर विकको घरमा ससुराली गएका छोरी ज्वाँइ घोराही ६ गिठेपानी वस्ने रामवहादुर विकले घरमा आग्जनी गरेको प्रहरीले वताएको छ ।

feature

श्रीमतिसंग माइत गएका विकले सामान्य विवाद हुँदा घरमा आगो लगाएर फरार रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । आग्जनीवाट घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । क्षतिको एकिन विवरण लिने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

घरमा आग्जनी गर्ने रामवहादुर फरार रहकाले खोजिकार्य तिव्र पारेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरिक्षक प्रकाशराज शर्माले वताउनुभयो ।।