जाजरकोट, १४ बैशाख
जाजरकोट जिल्ला अस्पतालमा रहेको दरबन्दीको पदपूर्ति नहुँदा समस्या हुँदै आएको छ । स्वास्थ्य महाशाखाको अभिलेखमा ३० किसिमको दरवन्दी भएपनि जिल्ला अस्पताल ६ किसिमको दरवन्दीमै सिमित रहेको छ ।

hsptl

सदरमुकाम खलंगा स्थित १५ सैयाको अस्पताल ५० सैयामा स्तरवृद्धी भएको लामो समय वितेपनि दरवन्दीको पदपूर्तिमा सम्वन्धित निकायले ध्यान नदिएको जिल्लावासीको गुनासो छ ।

स्वास्थ्य महाशाखाले गत असोज २२ गते परिपत्र गरेर जिल्ला अस्पतालको लागि व्यवस्था गरिएको दरवन्दीको जानकारी मात्र गराएको जिल्ला जनस्वास्थ्य प्रमुख डा. राजेन्द्र जिसीले जानकारीले दिनुभयो । डा.जिसीले जिल्ला अस्पतालका लागी व्यवस्था गरिए अनुसारको दरवन्दीको पदपुर्तिका वारेमा महाशाखाले कुनै जानकारी नदिएको वताउनुभयो ।

अस्पतालका लागी ११ मेसु एक, वाल विशेषज्ञ एक, महिला, सर्जन, हाडजोर्नी, मानसिक रोग विशेषज्ञ, फिजिसेन र रेडियोजिष्ट विशेषज्ञ एक÷एक गरी ९ जना विशेषज्ञहरुको व्यवस्था गरिएको उल्लेख छ । त्यसैगरी ४ जना मेडिकल अधिकृत, दाँत, फिजियोथेरापी, ल्याप टेक्नालोजिष्ट, स्टाफ नर्स लगाएतको पनि दरवन्दी भएको जनाइएको छ ।।