बसन्त परीयार
तुलसीपुर,१३ बैशाख । बर्षेनी गर्मियाममा पानीको समस्या हुने गाउमा घर घरमा पानी पुगेपछि सहज भएको छ । हस्नापुर बेल्टाकुरा खानेपानी सस्थाले घर घरमा पानि धारा पु¥याएपनि पानीको सुविधा सहज भएको हो । लगातार पानी आउन थालेपछि स्थानीयहरुले घरकै छेउमा करेसावारी बनाएर तरकारी खेतीको समेत थालनी गरेका छन । ‘सधै खडेरीमा पानीको समस्या हुन्थ्यो, अहिले घरमा धारा जोडेपछि समस्या छैन, बेल्टाकुराकि रीता चौधरी बताउनुहुन्छ ।’ घरमा खनेका धारा कुवाहरु सुकेर हैरानी खेप्न परेको पिडा सुनाउदै अबत निक्कै सजिलो भएको चौधरीको अनुभव छ ।
दिन रात नभनेर आईरहनि पानीबाट उक्तिकै खुसी छन, अर्जुन गुरुङ पनि । नुहाउन र कपडा धुन समेत टाढा जानुपर्ने बाध्यताको अन्त्य भएको गुरुङ बताउनुहून्छ । पानीको सुविधा भएपनि स्थानीयलाई खानेपानी देखि अन्य काममा समेत सहज भएको खानेपानी सस्थाका अध्यक्ष घमण्ड मल्लले बताउनुभएको छ । खानेपानी तथा सरसफाई डिभिजन कार्यालय दाङले उक्त खानेपानी योजना २०७१ मा सम्पन्न गरेपनि गत जेष्ठ बाट घर घरमा पानी पुगेको मल्लले बताउनुभएको छ ।
करीव ४ सय घरधुरी लाई पुग्ने पानीबाट तुल्सीपुर नगरपालीका २० बेल्टाकुरा, वडा नम्बर १९ हस्नापुर र कटाहाको मालेडाडाका स्थानियहरु लाभान्वीत भएका छन । हाल २ सय ५० बढि घर धुरीमा धारा जडान भैसकेको छ । सुरुमा घरधुरी ३ हजार रुपैया उठाएर पाईप लाइनिङ गरेको सस्थाका कोषाध्यक्ष हरीप्रसाद वलीले बताउनुभएको छ । पानी प्रयोग गरे बाफत प्रति महिनामा न्युनतम महशुल १ सय ५० रुपैया रहेको छ । १० यूनिट भन्दा माथि सम्मप्रति यूनिट ३० रुपैयाका दरले महशुल बुझाउनुपर्ने वली बताउनुहुन्छ ।