ओमप्रकाश गुप्ता
लमही १३ वैशाख । पत्रकारहरुका लागि पाँच दिने एड्भान्स पत्रकारिता तालिम सोमवारदेखि नर्ती सामुदायिक वन समन्वय समितिको हल लमहीमा सुरु भएको छ । थारु भषा तथा साहित्य संरक्षण मञ्चको आयोजना एवम् लमही नगरपालिकाको आर्थिक सहयोगमा तालिम सुरु भएको हो । मञ्चका सदस्य गुरुप्रसाद कुमाल बुलबुलको अध्यक्षतामा भएको तालिममा लमही नगरपालिकाका कार्यकारिणी अधिकृत ललितकुमार थापाले उद्घाटन गर्नुभएको थियो । उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद निमबहादुर थापा लगायतका वक्ताले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

feature

नगरपालिका भित्रका २० जना पत्रकारहरुको सहभागिता रहेको तालिमको प्रशिक्षकमा पत्रकारहरु दुर्गालाल केसी, शरद अधिकारी, सुशिल गौतम, केपी घिमिरे, लिला शाह, निमबहादुर थापा,दिवाकर पोख्रेल रहनु भएको छ । कार्यक्रमको सञ्चालन नेपाल आदीवासी जनजाती महासंघ लमहीका सहसचिव तथा सञ्चारकर्मी यमुना पुनमगरले गर्नु भएको थियो ।