इन्द्रेणी संवाददाता
घोराही,१३ बैशाख ।  लामखुट्टेको टोकाईबाट सर्ने मलेरीया रोगको उच्च जोखिममा दाङ जिल्ला रहेको छ । सोमबार परेको बिश्व औलो (मलेरिया) दिवसका अबसरमा जिल्ला जनस्वास्थ्य कार्यालय दाङले घोराहीमा आयोजना गरेको अन्तरक्रियामा मलेरीया रोगवाट दाङ उच्च जोखिममा रहेको जानकारी दिएको हो । रोगवाट बच्नका लागि  लामखुटेको टोकाईबाट बच्नुपर्ने,जसका लागि झुल टागेर सुत्नुपर्ने,सरिरका पुरै अंगहरु छापिने गरी कपडा लगाउने, पानी जम्ने खाडलहरु पुर्ने लगायतका उपायहरु अवलम्वन गर्न सकिने  जनस्वास्थ्य कार्यालयका प्रमुख डा भुवन पौडेलले बताउनुभएको थियो । त्यस्तै वातावरिण सरसफाई अन्तर्गत घर आँगनमा फोहोर हुन नदिने, रोगका बारेमा मानिसहरुलाई सचेतना जगाउने,लामखुट्टेको टोकाईवाट बच्नका लागि  हात खुट्टामा क्रिमहरु लगाउने गर्नुपर्ने पौडेलले जानकारी दिनुभएको थियो ।

malaria-gene

दाङका गाविसहरु भन्दा घोराही नगरपालिका क्षेत्र मलेरीयाको उच्च जोखिममा रहेको कार्यालयका मलेरीया इनिस्पेक्टर कमल चन्दले जानकारी गराउनुभएको थियो । गतबर्ष दाङमा ९ जना मलेरीयाका बिरामी भेटिएको र यस आर्थिक वर्षमा  ५ जनामा यो रोगको लक्षण देखा परेको समेत चन्दले बताउनुभएको थियो  । मलेरीया रोगले मस्तिष्कमा असर गर्ने भएकाले पूर्व साबधानिहरु अपनाउनु पर्नेमा कार्यालयले सबैलाई आग्रह गरेको छ । दाङको कुल जनसंख्याको ५ लाख ७५ हजार ७ सय ९४ जना उच्च जोखिम र ३५ हजार ५ सय ९० जना नागरिकहरु मध्यम जोखिममा रहेको रहेको बताउनुभएको थियो ।