रौतहटबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस शुक्रबार बिहान मुग्लिन नजिकै दुर्घटनामा परेको छ । बस मुग्लीनको कालीखोला क्षेत्रबाट त्रिशुली नदीमा खसेर डुबेको छ । बसमा कम्तिमा ४० यात्रु रहेको र उनीहरुको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।

700x467xSiddhababa,P20,2815,29.jpg.pagespeed.ic.x95tT8dldUबसको केही भागमात्र नदी बाहिर देखिएकाले हताहतीको संख्या धेरै रहेको अनुमान प्रहरीको छ । नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीको टोली घटनास्थलमा उद्धारमा परिचालन भएका छन् ।
अनलाइन खबरबाट