दिपक घिमिरे / दाङ
कृष्णाजन्माष्टमीको अबसर पारेर घोराहीका स्थानिय क्रीकेट खेलाडिहरुले रक्तदान गरेका छन । घोराही स्थित ग्लाईडर्स क्रीकेट क्लब का खेलाडीहरुले जन्माष्टमीको अबसरमा घोराही स्थित रेडक्रस सोसाईटिको ब्लड बैंकमा गएर रक्तदान गरेका हुन ।
घोराही क्रीकेटका सिनियर खेलाडी तथा ग्लाईडर्स क्रीकेट क्लबका क्यप्टेन सुजित शर्माको नेतृत्वमा आठ जना क्रीकेट खेलाडिको टोलि रेडक्रस सोसाईटिमै गएर रक्तदान गरेका हुन ।
ब्लड बैंकमा रगतको अभाब भएको समाचार बाहिर आय पछि क्लबका खेलाडी तथा पदाधिकारीहरु रक्तदान गर्ने तर्फ उत्सुक भएको क्लबका क्याप्टेन सुजित शर्माले बताए ।
“ खेल सँग सँगै सामाजिक कामको लागि पनि अग्रसर रहने हाम्रो क्लब ले ब्लड बैंकमा रगतको अभाब भएको समाचार आए सँगै समय मिलाएर रक्तदान गर्न जाने योजनामा थियो , आज अबसर जुट्यो अनि जम्मा भएका जति गएर रक्तदान गर्यौ । “ क्याप्टेन शर्माले बताए ।
रक्तदान नै जिबनदान हो भन्ने भावना बोकेको यस्ता खाले कार्यक्रमहरु प्रती युबा तथा खेलाडीहरु पनि प्रेरित हुनु समाज सुधार र युबामा सकारात्मक सोचको बिकाश हुनु हो भन्छन मानवअधिकार कर्मी बिनोद केसी । “ आबस्यकता परेको बेला समाज र असहायलाई सहयोग गर्न प्रेरित हुने र फुर्सदको समयमा खेल खेलेर नाम कमाउन खोज्ने घोराहिका क्रीकेट खेलाडी को काम सर्हा्निय छ । हामीले यस्ता कामको दिल खोलेर स्वागत गर्नु पर्दछ । “ मानव अधिकारकर्मी केसीले बताए ।
