hotelघोराही ९ भदौ ।  आफ्नो व्यवसायलाई मर्यादित बनाउदै लैजाने दाङका होटल व्यवसायीहरुले प्रतिबद्धता जनाएका छन् । उनीहरुले उपभोक्ताहरुको अधिकारमा बिशेष ध्यान दिने बताएका छन् ।

दाङ जिल्ला उद्योग बाणिज्य संघ र दाङ देउखुरी होटल व्यवसायी समितिले बुधबार घोराहीमा संयुक्तरुपमा आयोजना गरेको होटल व्यवसायलाई कसरी मर्यादित बनाउने भन्ने विषयमा भएको कार्यक्रममा होटल सञ्चालकहरुले व्यवसायलाई मर्यादित बनाउने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले होटलको सरसफाईलाई ध्यान दिने , गुणस्तरीयता र बोलीमा ध्यान दिने प्रतिबद्धता जनाएका हुन् ।

दाङ देउखुरी होटल व्यवसायी समितिका अध्यक्ष रुद्रबहादुर डाँगीले उपभोक्ता अधिकारलाई सम्मान गर्दै गुणस्तरीय सेवा प्रदान गर्न आफुहरु प्रतिबद्ध रहेको बताए । सेवामा गुणस्तरीयता सँगै सरसफाई, बोलि व्यवहारमा नम्रता ल्याउन र उपभोक्ताको अधिकारीलाई ख्यालगर्ने विषयमा आफुहरु गम्भिर रहेको बताए । साथै उनले चाड पर्बमा हुने बिकृतीलाई रोक्दै मिसावट, अखाद्य बस्तुको बिक्रिलाई निर्मूल पार्न पनि व्यवसायीहरुलाई आग्रह गरे ।

छलफलमा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउनका लागि दाङ जिल्ला उद्योग बाणिज्य संघ र होटल व्यवसायी समितिले संयुक्तरुपमा अनुगमन गर्ने समेत निर्णय भएको छ । यसैविच दाङलाई सरसफाई युक्त हरित जिल्ला बनाउन खराब आनीबानीलाई सुधार गर्नुपर्ने निष्कर्ष निकालिएको छ । व्यक्ति, परिवार, घर र वाताबरणको सरसफाईमा लाग्न सबैलाई आग्रह समेत गरिएको छ । आफ्नो घर वरिपरी सबैले बिरुवा रोप्दै हरित जिल्ला बनाउने अभियानमा साथ दिन पनि अपिल गरिएको छ ।

संघका अध्यक्ष हेमराज बन्जाडेको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने व्यवसायीहरुले सरसफाई युक्त हरित जिल्ला बनाउन छाडा पशु चौपायालाई अनिबार्य नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् ।