दाङ, ९ भदौ ।
नेपाली कांग्रेस त्रिपुुर नगर कमीटिले नगरपालिकाभित्रका विद्यालयहरुमा विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व सर्वसहमतिबाट गठन गर्नकालागी पहल गर्ने भएको छ । नयाँ शिक्षा ऐन अनुसार गठन हुने विद्यालय व्यवस्थापन समितिको नयाँ नेतृत्व सहमतिमा छनोट गर्नकालागी पहल गर्ने आजको छलफलले निर्णय गरेको हो ।
कांग्रेस त्रिपुर सभापति दिपक पाण्डेको अध्यक्षता एवं कांग्रेस दाङ क्षेत्र नम्बर ३ का सभापति भुपबहादुर डाँगीको प्रमुख आतिथ्यमा भएको छलफलले उच्च मावि नारायणपुरको यही भदौ ११ गते हुने साधारण सभामा सर्वसहमतिबाट नयाँ नेतृत्व चयनकालागी पहल गर्ने निर्णय पनि गरेको छ ।
त्यस अवसरमा नेविसंघको महाधिवेशनबाट विजयी दंगाली विद्यार्थी नेताहरुलाई स्वागत सम्मान गरिएको थियो ।
