धुर्वराज न्यौपाने
मंगलबार देखी अबरुद्ध दाङ सल्यान सडक खण्ड आज अपरान्ह देखी सुचारु भएको छ । मंगलबार बिहान करिब ८ बजे तिर खसेको सुख्खा पहिरो हटाउने काम केहीबेर अघी सकीएपछी सडक सुचारु भएको हो । सडक सुचारु भएसंगै जाम पेरका गाडी गन्थब्य तिर हीडेका छन भने यात्रुहरु लाइ राहत मिलेको छ । पहीरो पन्छाउदै गर्दा बिग्रीएको लोडरले पुनह काम सुरु गरेपछि आज अपरान्ह देखी सडक सुचारु भएको इप्रका तुल्सीपुरका प्रमुख डीयसपी कृष्ण प्रसाइले बताउनुभयो ।

ss

मध्यपश्चिम सडक डिभिजन कार्यालय घोराहीको एउटा लोडर र २ वटा टिप्परले पहिरो हटाउन हिजो दिउसो देखी प्रयास जारी राखेका थीय । सडक अबरुद्ध हुदा कतिपय यात्रुहरु लामो दूरीसम्म पैदल यात्रा गर्न बाध्य भएका थीए । सडक अबरुद्धहुदा जोखिम मोलेर यात्रा गरेका यात्रुहरुले राहतको महसुस गरेका छन । यसैविच पहिरोले अवरुद्ध भएको सडक सुचारु भएसंगै बाटोमा रोकीयका तरकारी पनी गन्तब्य तर्फ लागेका छन ।

यस अघी कुहीने खतरा बढेको भन्दै ब्यापारीहरुले चिन्ता ब्यक्त गरेका थीय । लोड भएको तरकारि कुहिन सक्ने भएकालेले व्यापार घाटा लाग्ने भन्दै चिन्तीत भएका व्यापारिहरुले खुसी ब्यक्त गरेका छन । विशेष गरि काउली, भेडे खुर्सानी र टमाटर गाडीमा हिजो मंगलबार नै लोड भइसकेकाले कुहिने सम्भावना बढेको थीयो ।