कुसुम बि.क
बर्दिया,४ भदौ
आमा वुवाको माया छोराछोरि माथि, छोरा छोरीको माया ढुगामुढा माथि , भने जस्तै रैछ साच्च्ौ जिवन बुढेसकालमा छोराछोरीको सहारा भन्दा नि एक अर्काको बुढाबुढी सहार बनेर बर्र्दियामा जिवन निर्वाह गर्दै बृद्ध जोडी दैनिकी रुपमा मागेर गुजारा चलाउदै आफ्नो जिवन गुजरा चलाउने गछन् । एउटा शिशुको जिवन नौ महिना सम्म  आमाको  गर्भमा बसेर बाहिर आए पछि नौलो संसार देख्छ ।अनि बिस्तारै उ बढ्दै जान्छ । हरेक समयमा उ आफुलाई छुट्टै किसीमको देख्छ । त्यहि मानिस जव आफुलाई आफ्नो जिवन साथी संग संगै रहने गरी आफन्त आमा बाबा छोडी पर पुरुष संग साइनो गास्न पुग्छ ।111यहि साहारा जिवन भर उसको जिवन यात्री बन्छ । संगै बाच्ने अनि संगै मर्ने कसम खाइ जोडिएको नाता पछि सम्म पनि प्रगाढ अनि प्रिय हुदो रैछ । यस्तै एक जोडी छन् बर्दियामा , मिति २०३२ सालमा स्याङ्गजा बाट बसाइ सरी बर्दिया आउनु भएका यो जोडीको दिनचर्या दिनहु अरुको घरमा गई मागेर खानु बाहेक कुनै उपाय नै छैन् । बर्दिया गुलरिया नगरपालिका को नजिक भादा पुल पारीको टरुवा गाउमा बस्दै आएका यो जोडीहरुको बसोबास धेरै जसो बाहिर नै बसेर बित्तने गर्छ । ७७ बर्षिय कृष्ण बहादुर परियार र करिब उमेरले ६० करस भएकी उनकी श्रीमति पुतली परियार एका बिहानै देखि आफुलाई खानको जोहो गर्न गाउ गाउमा गई मागेर खाने गर्छन् ।222उनका एक छोरी छन् । तर उनको भारततिर काम गर्ने एक जना मानिसले बिहे गरेर लगेपछि अहिले सम्म पर्खेर आइनन् ।
साहारा को रुपमा हामी नै छौ । एक अर्काको सहारा दिने तै पनि ऐले आंखा देखदिन मैले हात समाति समाति डोराएर गाममा डुलाउछु । म नि कान कम सुन्छु बाटोमा गाडी आउदा गारो हुन्छ । धेरै दु.ख छ गारो छ बाबु हामीलाई दिन कटाउन बरु चाडै कालले लगेर माथि जान पाए राम्रै हुनथियो क्यारम तनि कोही नहुनेको त माथि पनि कोही नहुने रैछ । परियारले भने वन यस्तै रैछ पहिले हाम्ले कति धेरे इष्ट कमाएका थियौ खान खाउला पुग्थियो कपडा सिलाएर नै । अब त बुढा बुढी भइएछ । उमेर ढलकिदै गयो ।काम गदै खान नसकिने भयो खाना पकाउन एसले आखा देख्नदिन मैले नै चाजोपाचो मिलाउछु ….कृष्ण बहादुर परियारले फेरि कुरा थपे……

असल जिवन साथी हुनका लागि एउटा सहारा होइन जिवन भर उसलाई संगसंगैको यात्रामा सहारा दिए सबै पुग्दो रहेछ । उहाहरुको दैनिकी जसो जिवन गाउगाउमा गई मागेर खानु अनि जहा रात पर्छ त्यहि रात बिताउनु बाहेक केहि उपाय छैन । हामीलाई कसैले खान दिन्छन् ।कसैले लाउन कसैले मर्न नसकेका बुढाबुढी भनेर गाली समेत गछन् क्यमरम बाबु भन्छिन् कृष्ण बहादुरकी श्रीमति पुतलिले …33
हामी हाम्रो जिवन चलाउन त कति गारो छ । बेकारको जिवन भन्छउ भने यी दुवै बृद्धबृद्धाको जिवन जन कति गारो होला प्रशन चिन्ह यहानिर खडा हुन्छ । जुन संसार देख्ने आंखा छैन । बाहिरको उज्यालो कालो घाम पानी सबै अनुभव र बुढोले भने पछि थाहा हुन्छ  पुतलि भन्छिन् । सोचे जस्तै जिवन हुन्न रैछ नत आफुले चाहेको जस्तै हुन्छ । कति बीजोक छ ।यी दुवैको जिवन बस्न लाई नत गतिलो आफ्नो घर नै छ । पानी पर्दा चुइन्छ ।सानो झुपडी छ उनीहरुको ..एक जना मात्र बिरामी भएर ढ्ल्यो भने सच्चैको मुखमा समेत पानी नी पर्दैन त्यसैले हामी जहां जादा नि संगै जान्छम हामीहरु उनीहरुले बताउछन् ।

यता नेपाल सरकारले दिने सेवा सुविधा अथवा सामाजिक सुरक्षा भत्ता कृष्णले पाउछन् भने पुतली सुरक्षा भत्ता पाउन बाट नि बन्चित छिन पुतलि…..पहिले नागरिकता बनाएको थिय हराय के रे फेरि बनाएको पाको छैन् । उमेर पुगेको छैन भन्छन् । बुढाले चाहि पाउछन् त्यहि पैसो मिलेको बेलामा चाहि टन्न माछा मासु लिएर खाने गर्छौ । पुतलिले बताउछिन् ।
जिवनको सहारा हामी नै हौ यसरी दिन चया बितीराको छ । के गर्ने बुढेसकालमा छोराछोरी भनेको नि यस्तै रैछ सन्तानको नाममा एउटी छोरी छे त्यहि पनि बिहे गएर गएपछि आमाबुवाको माया छोराछोरी माथि छोराछोरीको माया ढुङ्गगामुडा माथि हुदो रैछ हाम्रो कोही छैनन् । कहिले कतै कहिले कतै यसरी नै गुजरा चलाइन्छ ।