इन्द्रेणी संवाददाता
दाङ, ७ भदौ ।
अखिल क्रान्तिकारी दाङको समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय अभियान अन्तर्गत विभिन्न स्कुल तथा कलेजमा कमिटी गठन भएको छ । जनता उमाविमा स्टार के.सीको अध्यक्षतामा १ सय ३० सदस्य र माविमा दिपक विकको अध्यक्षतामा १ सय २० सदस्य मूल इकाई कमिटी गठन गरिएको सो संंगठनका दाङ जिल्ला सचिव मदन केसीले जानकारी दिनुभयो ।
यसैगरी पीपुल्स ल्याड वोडिइÞ स्कुलमा महेन्द्र वलीको अध्यक्षतामा १३ सदस्यीय र प्रबास ओली अध्यक्षतामा १० सदस्य इकाई कमिटी गठन गरिएको केसीले जानकारी दिनुभयो ।
यसैवीच, समान शैक्षिक अधिकारका लागी एकीकृत राष्ट्रिय अभियानमा सहभागी विद्यार्थीहरुलाइ नेकपा (माओवादी) दाङका सेक्रेटरी वलवहादुर वलीले शितलले विदाइ गर्नुभएको छ ।
अभियान सफलताको शुभकामना दिदै सितलले आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभयो । विद्यार्थीको अभिायन टोली अहिले दाङको पश्चिम क्षेत्रमा संगठित रहेको छ ।।