काठमाण्डौ, ७ भदौ ।
नक्कली छोरा बनेर ठगी गर्ने दाजुभाईलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले पक्राउ गरेको छ । काठमाडौैं १६ बस्ने मोहम्मद अनबर र ठहिटी बस्ने मोहम्मद बसिमलाई पक्राउ गरिएको सिआईबीले जनाएको छ ।

karagar

उनीहरुले रगतको साइनो नभएकी तर आफूहरुलाई पालन पोषण गर्ने अमिला बिबिको शेष पछिको हकदार आफैँ हौ भनेर नक्कली कागजात तयार पारेका थिए । उनीहरुलाई जिल्ला अदालत काठमाडौंले  १ वर्ष कैद र ७ लाख ३१ हजार जरिवाना तोकेको थियो । फरार भएका उनीहरुलाई काठमाडौंको नयाँबजारबाट सिआईबीले पक्राउ गरेको हो ।।