दाङ ७ भदौ ।
दाङको तुलसीपुरमा क्लिन तुलसीपुर ग्रिन तुलसीपुर अभियान सुरु हुँदैछ । तुलसीपुर उद्योग बाणिज्य संघ र तुलसीपुर नगरपालिकाको आयोजना तथा विभिन्न संघ संस्थाको सहकार्यमा उक्त अभियान सुरु हुन लागेको हो । अभियानको उद्घाटन आज विहान अरनिको मैदानमा हुँदैछ ।10 (1)

यसैवीच, नेपाल सरकारका पुर्व मुख्य सचिव एवम बाग्मती सरसरफाईका अभियान्ता लिलामणि पौडेलले नागरीकहरु सचेत र जिम्मेवार भए देशको बिकास सम्भव रहेको वताउनुभएको छ । आज देखि सुुरु हुन लागेको सफा तुलसीपुर हरियो तुलसीपुर अभियानको पुर्वसन्ध्यामा हिजो तुलसीपुरमा आयोजित कार्यक्रममा पौडेलले यस्तो वताउनुभएको हो ।

पौडेलले सरसफाइ अभियान प्रचार प्रसार गर्न, देखाउन र कसैलाई गुण लाउनका लागी हुन नहुनेमा जोड दिदै त्यसरी थालिने सरसफाइ अभियानले सार्थकता पाउन नसक्ने वताउनुभयो । नेपाली जनताको सोच सरकारमुखि भएका कारण कुनै पनी क्षेत्रको सोचेजति बिकास हुन नसकेको भन्दै पौडेलले जनता नउठदा सम्म विकास सम्भव नहुने बताउनुभयो ।।