काठमाडौं–एमालेमा स्थानीय निकायको संख्या धेरै ठूलो बनाउन नहुने बहस सुरु भएको छ । स्थानीय निकाय पुनर्संरचना आयोगले प्रस्ताव गरेकै संख्याको सेरोफेरोमा सहमति खोज्ने गरी अघि बढ्नुपर्ने धारणा नेताहरुले राखेका छन् । स्थायी समितिको जारी बैठकमा सोमबार स्थानीय तह निर्धारण सम्बन्धि एजेण्डामा छलफल भएको थियो ।
बैठकमा अध्यक्ष केपी ओलीले स्थानीय निकायको पुनर्संरचना गर्न गठित आयोगको प्रस्तावकै सेरोफेरोमा रहेर सहमति खोज्ने प्रयास गर्नुपर्ने धारणा राखेका छन् । तर बैठकले कति संख्या बनाउने भन्ने औपचारिक निर्णय भने गरेन ।
स्थानीय निकायको पुनर्सरचना गर्दा संविधानले व्यवस्था गरेका अधिकारको अभ्यास गर्न सक्ने गरी निर्धारण गर्नुपर्ने औपचारिक धारणा भने सोमबार तय गरेको छ । कति संख्या बनाउने भन्ने यकिन चाही छलफलबाट तय गर्न सकिने एमालेले उल्लेख गरेको छ । आयोगले भने ५ सय ६५ वटा बनाउनुपर्ने प्रस्ताव गरेको छ ।
रातोपाटी बाट