इन्द्रेणी संवाददाता

दाङ , ६ भदौ ।  चार दिन पहिले  मानपुरमा एक जनाको हत्या गरेको अभियोगमा प्रहरीले चार जनालाई नियन्त्रणमा लिएर सोमबार सार्वजनिक गरेको छ । मानपुर गाबिस ८ मंगरीगाउँका २६ बर्षिय हिरामणि चौधरीको हत्या गरेको अभियोगमा मानपुर ८ जमेरा बस्ने १७ बर्षिय राजन चौधरी, मनोज चौधरी, २७ बर्षिय रामबहादुर चौधरी र २९ बर्षिय चन्द्रबिर चौधरीलाई प्रहरिले पक्राउ गरेको हो ।

HATYA-KA

जनै पूर्णिमाको दिन डुरुवा ४ कोठरीमा ४ जना साथीहरु बसेर मदिरा सेवन गरेका थिए । त्यहाँबाट हिरामणि चौधरी घर जाने क्रममा बगौसी भन्ने स्थानमा मादक पदार्थ सेवन गरेर बसेका राजन चौधरी सहितको युवाहरु सामान्य बिषयमा बिबाद हुदा उनिहरुले हिरामणिलाई ढुंगा प्रहार गरेर हत्या गरेको प्रहरिले जनाएको छ ।

मदिराले मातेका ४ जना युवाहरु मध्य रामबहादुर सडक छेउमा सुतेको र हिरामणिले लात्ताले हानेर उठाउन खोजे पछि उनिहरुका बिचमा बिबाद भएर ४ जनाले हिरामणिको हत्या गरेको खुलेको एसपी धिरजप्रताप सिंहले जानकारी दिए ।