घोराही, ६ भदौ । जिल्लामा सञ्चालन भएको लागुऔषध दुव्यर्सनी विरुद्धको सचेतना अभियानलाई तीव्र बनाईएको छ । जस अनुसार पहिलो चरणमा बजार क्षेत्रका विद्यालयहरुमा अध्ययनरत विद्यार्थीहरुलाई सचेत बनाउने काम भईरहेको छ । अभियानको पहिलो चरणमा विद्यार्थीहरुलाई सचेत बनाएर समाज सुधार गर्न सकीने भएकाले विद्यार्थीहरुलाई लक्षीत गरेर सचेतनामूलक कार्यक्रम भईरहेको छ ।आज लागु औषध विरुद्धको सचेतनामूलक कार्यक्रम अल्फा इङ्लिस बोर्डिङ स्कुलमा गरिएको छ ।

कार्यक्रममा वडा प्रहरी कार्यालय घोराहीका प्रमुख प्रहरी निरिक्षक सुर्यबहादुर थापाले विद्यार्थी एवं शिक्षकहरुलाई प्रशीक्षण दिनुभएको थियो । लागु औषध भनेको के हो, लागु औषध दुव्यर्सन, दुव्यर्सनी बन्नुका कारण, लक्षण, असर, बच्ने उपाय लगायतका विषयमा प्रशीक्षण दिनुभएको थियो ।
साथै उहाँले प्रहरी, सामुदायीक प्रहरी, प्रहरीको काम, कर्तव्य र अधिकार, अपराध नियन्त्रणकालागी नागरिककोभूमीका लगायतका विषयमा जानकारी गराउनुभएको थियो । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरु सहभागी रहेको कार्यक्रममा विद्यार्थीहरुले लागु औषध न्यूनिकरणकालागी आफूहरुले भूमीका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।











