घोराही । दाङ इन्टरनेशनल तेक्वान्डो संघ प्रथम भेला आईतवार घोराहीमा सम्पन्न भएको छ । दाङ ईन्टरनेशनल तेक्वान्डो संघ प्रथम जिल्ला अध्यक्ष प्रेम वुढाको अध्यक्षता एंव जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली डाँगीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले १७ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ । जसको अध्यक्षमा प्रेम वुढा , वरिष्ठ उपाध्यक्षमा किरण वोहोरा , उपाध्यक्षमा किसमत वुढा मगर , सचिवमा विक्रम वाँठा मगर , सह–सचिवमा ओम प्रकाश रसाईली र कोषाध्यक्षमा तिर्था घर्ति लाई चयन गरिएको थियो ।
भेलामा वोल्दै कार्यक्रमका प्रमुख अतिथि एंव खेलकुद विकास समितिका दाङका अध्यक्ष डिल्ली डाँगीले युवा लगानीका रुपमा रहेको खेल क्षेत्रमा राज्यले लगानी लगाउन नसकेको आरोप लगाएका छन । डाँगीले राष्ट्रको पहिचानका रुपमा रहेको खेल क्षेत्रमा राज्यले लगानी लगाउनु पर्ने वताएका थिए । उनले भने जिल्लामा उपयुक्त खेल मैदान छैन । नवखेलाडीहरु लाई कुनै तालिम छैन । खेलाडीहरुको आफ्नै परिश्रम र लगानीले खेल्दै आएका छन । तर राज्यले ति खेलाडीहरु अझै लगानी गरेको छैन भन्दै उनले भने ‘खेलाडी माथिको लागनी राष्ट्र सलामी हो ।’ साथै कार्यक्रममा ईन्टरनेशनल तेक्वान्डो संघका क्षेत्रिय सचिव विरेन्द्र शाहीले तेक्वान्डो खेल जुन सम्मान पाउनु पर्ने थियो त्यो अझै पाउन नसकको वताए ।
उनले राष्ट्रिय तथता अन्र्तराष्ट्रिय खेलहरुमा नेपालले अझै भनेजस्तो सफता पाउन सकेको छैन । त्यसमा खेलाडीहरुको भन्दा राज्यको दोष देखिन्छ । उनले भने खेल क्षेत्रमै लोकप्रिय तेक्वान्डो पछि पर्दै गएको छ । यस लाई अघि सार्ने काम सवैको दायित्व रहेको वताएका थिए । कार्यक्रममा ईन्टरनेशनल तेक्वान्डो संघका सदस्य शुनिल रसाईली लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए । यसैविच भेलाले सदस्यहरुमा हरि सुनार , सmिर सिद्दिकी , कृष्ण सुनार , लक्ष्मी वुढा मगर , शारदा वुढा मगर , आशिक वहादुर खत्री , युवराज श्रेष्ठ , विशाल वाठा , विपिन वुढा मगर , करण रोका मगर र सुर्वण विसी लगाएतहरु लाई चयन गरिएको थियो । ईन्टरनेशनल तेक्वान्डो संघका कविराम केसीको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको संचालन विक्रम वाठाले गरेका थिए ।











