घोराही । नेकपा एमालेका पोलिट व्यूरो सदस्य भागवत विश्वासीले भुमिहिन सुकुमवासीहरु संगठीत भएर भुमि अधिकारको लागि लडनु पर्ने वताएका छन् । छरिएर रहेका सुकमवासी र भुमिहिनहरुलाई संगठनमा ल्याउन यहाँका कार्यकताहरुलाई अनुरोध समेत गरेका थिए । जसले श्रम गर्दैनन् उनिहरुको नाममा धेरै भुमि छ, नेपाल भुमिहिन सुकुमवासी संगठनको प्रथम जिल्ला भेलामा उनले भने ‘ सबै सकुमवासीहरु अव संगठीत भएर बैज्ञानिक भुमि सुधार लागु गर्नु पर्छ ।’
पुर्खादेखि जोत भोग गर्दै आएका भुमि हिनहरुको अझै पहुच हुन नसकेको प्रति चिन्ता व्यक्त गरे । ति भुमिहिनहरुलाई जोत भोग गर्दे आएका भुमिमा अधिकार दिलाउनु पर्ने र धेरै भुमि भएका जसले श्रम गर्दैनन् ति व्यक्तिहरुवाट भुमिको खिचातानी गरेर पहुचमा ल्याउन सकिने वताए । नेकपा एमालेका केन्द्रिय सदस्य मेटमणि चौधरीले जसले जमिन जोत भोग गर्दे आईरहेको छ उसको नाममा जमिन हुनुु पर्ने वताए । जोत भोग गर्दे आएका भुमिहिन र सुकुमवासीहरुलाई भुमिमा अधिकार दिलाउनको लागि नेकपा एमालेले बहस तथा छलफल गरीरहेको वताए । नेपाल भुमिहिन सुकुमवासी संगठनका कृन्द्रिय उपाध्यक्ष शान्ता चौधरीले श्रम जीवि तथा सर्वहाराको नाममा धेरै राजनीति भएको वताईन् ।
देशमा ठुला ठुला परिवर्त भएकपनि सबै भन्दा धेरै पसिना बगाउने श्रमजीवि वर्गहरुमा परिवर्तन आउन नसकेको वताईन् । ‘कति वेला आएर वस्ने वास डोजर लगाएर उठाई दिने हा, कति वेला वन कार्यालयले घरमा आगो लगाईने हो ? कार्यक्रममा उनले भनिन् ने हो ? कार्यक्रममा उनले भनिन् ‘भुमिहिन सुकुमवासीहरुको दिन त्रासै त्रासमा वित्न थालेको छ ।’ नेपाल भुमिहिन सुकुमवासी संगठनका केन्द्रिय महासचिव सरेश नेपालले जबसम्म झुप्रो र छाप्रोमा वस्ने नागरिकलाई अधिकार दिन सकिदैन तव सम्म गणतन्त्रको कुनै औचित्य नभएको वताएका छन् । जमिन प्रकृति सम्पती भएकाले सबै मानव जातीहरुको समान हक र अधिकार हुनु पर्ने वताएका थिए । ‘जमिन कसैले पनि आमाको कोखवाट ल्याएको हुदैन् त्यसैले सबैका सम्मन अधिकार जमिन हुनु पर्छ’ उनले भने । नेपालको बामपन्थी आन्दोलन झुप्रो र छाप्रोवाट भएको आन्दोलनले अmभै पनि कुनै नागरिकहले जमिनमा सम्मान अधिकार पाउन नसकेको उनको भनाई थियो ।
सबै नागरिकहरुले भुमिमा सम्मान अधिकार नपाउदा सम्म उत्पीडनहरुको मुक्ति पाउन नसक्ने वताएका थिए । समृद्ध र न्यामुलक समाज निर्माण गर्ने हो भने जमिनमा भुमि अधिकारको लागु गर्नु पर्ने वताएका थिए । नागरिकहरुलाई भुमिको अधिकार देखि वञ्चित गराएर समाज न्याय र समृद्धिको विकास नहुने वताएका थिए । नेपाल भुमिहिन सुकुमवासी संगठन प्रथम जिल्ला भेला आईतवार घोराहीमा भएको थियो । संगठनका अध्यक्ष भक्तबहादुर डाँगीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका पुर्व अध्यक्ष लक्ष्मण आचार्य, जिल्ला अध्यक्ष जोगबहादुर राणा, सुकमवासी समाधान आयोका संयोजक टिकाराम खड्का, नेकपा एमालेका केन्द्रिय सल्लाहकार सदस्य छविलाल वली, अखिल नेपाल महिला संघकी अध्यक्ष मिना गुरुङ, उपाध्यक्ष साजिदा सिद्धिकी, भुमि अधिकार मञ्चकी अध्यक्ष निर्मला विक लगाएतले शुभकामना मन्तवय राखेका थिए । भिमबहादुर नेपालीको स्वागत मन्तवयवाट कार्यक्रमको शुरु भएको थियो ।
