मुटुको दुईवटा भल्भ खराब भएकी छोरीको उपचारका लागि तुलसीपुर ५ प्रगतिशिल टोलकी मिना खत्री अर्थिक संकलनमा जुटिरहेकी छिन् । उनकी दश बर्षिया छोरी कमला खत्रीको मुटुका दुईवटै भल्भ खराब भएकाले अप्रेसनका लागि आर्थिक सहयोग संकलनमा जुटेकि हुन् । उनको आर्थिक अबस्था कम्जोर भएका कारण छोरीको उपचारकालागि सहयोग संकलनमा जुटेको उनले जानकारी दिईन ।
अहिलेसम्म उपचारकालागि करिब १७ हजार रुपैया संकलन भएको सहयोग संकलन अभियानका ऋषिराज खरेलले बताए । साथै सहयोग गर्न चाहाने सहयोग दाताहरुले पिडित वालिका कमला केसीको नाममा खोलीएको राष्टिय वाणिज्य बैंकको खाता नं. ४१६००३५८५११० मा जम्मा गर्न सकिने बताइएको छ ।











