काठमाण्डौ, ५ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको यही भदौ ३० गतेदेखि छिमेकी देश भारतको तीन दिने भ्रमण गर्ने कार्यक्रम तय भएको छ । भ्रमणका क्रममा कुनै एउटा ठूलो परियोजनाका लागि सम्झौता गर्ने तयारीसमेत गरिएको छ । उपप्रधानमन्त्री विमलेन्द्र निधिको भारत भ्रमणको क्रममा नेपाली र भारतीय अधिकारीहरुबीच प्रधानमन्त्री दाहालले भदौ ३० र ३१ गते उच्चस्तरिय भेटघाट गरेर असोज १ गते फर्कने गरी भ्रमण तय भएको हो ।prachand
निधिले हिजो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसंग भेटवार्ता गर्दै प्रधानमन्त्री दाहालले लेखेको पत्र मोदीलाई हस्तान्तरण गर्नुभएको थियो । भारतीय विदेश मन्त्रालयका अधिकारीहरुका अनुसार प्रधानमन्त्री दाहालले आफ्नो ९ महिने कार्यकालमा कुटनीतिक र राजनीतिक भन्दापनि विकास निर्माण कार्य अघि बढाउन चाहेकाले त्यसमा सहयोगको अपेक्षा राख्नुभएको छ । प्रधानमन्त्री दाहालको यही इच्छा अनुसार भ्रमणका क्रममा कुनै ठूलो परियोजनामा सहयोगको सम्झौता हुने अपेक्षा गरिएको छ ।prachand दाहालले आफ्नो भ्रमणका क्रममा लामो समयदेखि अघि बढ्न नसकेको पञ्चेश्वर परियोजनाको काम अघि बढाउने संकेत गर्नुभएको छ । उहाँले पठाएको पत्रमा पञ्चेश्वरको संयुक्त डीपीआरलाई निर्णयमा पु¥याउन चाहेको उल्लेख गरेको स्रोतले बताएको छ । दुई बर्षअघि भारतीय प्रधानमन्त्री मोदीले नेपाल भ्रमणको अवसरमा पञ्चेश्वरलाई प्राथमिकता दिने उल्लेख गर्नुभएको थियो । त्यसैगरी भुकम्प पीडितलाई यसअघिको केपी ओली नेतृत्वको सरकारले दुई लाख रुपैयाँ दिने निर्णय गरेकोमा नयाँ सरकारले तीन लाख दिने निर्णय गरेको थियो । यसमा आवश्यक पर्ने थप एक लाख रुपैयाँ भारतसंग सहयोगको लागि आग्रह गरिने भएको छ ।।