जनक नेपाली
दाङ, ५ भदौ ।
दाङ रामपुर ३ बालिम खोलाका दलित दम्पतिलाई काठमाण्डौका जगृत पहाडी र वुटवलका निशा श्रेष्ठको टोलीले विभिन्न सामाग्री प्रदान गरेको छ । वृद्ध नमबहादुर विक र उहाँकी श्रीमती आईती विकलाई घरमै पुगेर सामाग्री हस्तान्तरण गरिएको थियो ।kk

एक कार्यक्रम गरी टोलीले बृद्ध दलित दम्पतिका लागि वुटवल र काठमाण्डौमा सहयोग अभियान सञ्चालन गरी संकलन गरेको सोलार, शौचालय प्यान, सिरक, डसना, पलङ, कपडा, भाडाकुडा लगायत गरी झण्डै ३० हजार रुपैयाँको सामाग्री प्रदान गरेको अभियान्ता निशा श्रेष्ठले जानकारी दिनुभयो ।

भवन निर्माण समितिका सदस्य चित्रकान्त आचार्यको अध्यक्षता एवं दाङ उद्योग वाणिज्य संघका उपाध्यक्ष नारायण भुसालको प्रमुख आतिथ्थमा कार्यक्रम भएको हो । कार्यक्रमको सञ्चालन पकार महासंघ दाङका सदस्य एवं भवन निर्माण समितिका सदस्य सचिव जनक नेपालीले गनुृ भएको थियो ।।