UML-party-officeकाठमाडौँ, ५ भदौ ।  नेकपा एमालेले अझै ५ बर्ष भाडाको घरमा कार्यालय चलाउने भएको छ ।  बल्खुस्थित पार्टी मुख्यालय गत साल वैशाख १२ गतेको भूकम्पले भत्किएपछि एमालेलाई अझै पाँच वर्ष भाडाको घरमा कार्यालय चलाउनुपर्ने भएको हो ।

भूकम्पले भवन भत्किएपछि एमालेले तीन महिना पाल र टहराबाट पार्टीका काम सञ्चालन गरी गत सालको साउनबाट धुम्बाराहीमा भवन भाडामा लिई पार्टी कार्यालय सारेको थियो ।

मासिक डेढ लाख रुपियाँ भाडा तिरेर कार्यालय सञ्चालन गरे पनि पार्टीका अध्यक्षलगायत सोह्र जना पदाधिकारी, पार्टीका ३० वटा विभाग र बैठक कक्षलगायत अन्य विभिन्न शाखा व्यवस्थापन गर्नुपर्ने अवस्थाले एमालेलाई त्यहाँ कार्यालय सञ्चालन गर्न निकै सकस भइरहेको पार्टीका नेताहरूले बताउनुभएको छ ।