इन्द्रेणी संवाददाता
अष्ट्रेलिया–चलचित्र क्लासिकको लागि नायक आर्यन सिग्देल अष्ट्रेलियाको सिड्नी पुगेका छन । सिड्नी ओर्लिएका सिग्देललाई स्वागत गर्न सिड्नीको किंग्स फोर्ड स्मित अन्तरराष्टिय एअरपोर्टमा सिड्नीमा शुक्रबार साँझ ८ बजे ओर्लिएका उनलाई त्यहाँ रहेका चलचित्रकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । पहिलोपटक सिड्नी आएका उनिले उहाँ आउदा मन नै फूरूगं र उत्साहित भएको वताए ।
चलचित्र क्लासिकको विशेस शो अगष्ट २७ का दिन सिड्नीको टाउन हल स्थित ईभेन्ट सिनेमामा हने भएकाले सिक्देल सिड्नी पुगेका हुन ।दिनेश राउतको निर्देशन रहेको यो चलचित्र आर्यनले सुबास गिरीसंग मिलेर बनाएका हुन ।
यतिबेला नेपाली चलचित्रको बजारमा राम्रो छाप बनाएका नायक आर्यन सिग्देललाई अष्ट्रेलियावासी नेपालीहरूकै मागका कारण उनि र उनको चलचित्रलाई अष्ट्रेलिया ल्याईएको जानकारी ईपि माईग्रेसनका खिलेन्द्र तिम्सिनाले दिए ।
चलचित्रको ब्यबस्थापन गरेको अल्प ईन्टरटेनमेन्टका मनोज अधिकारीले चलेका नायकलाई आफ्नै आँखा अगाडि हेर्ने अष्ट्रेलियावासी नेपालीहरूको ईच्छा पूरा भएको कुरा बताए ।पहिलो पटक सिड्नी ओर्लिएका आर्यनले चलचित्र क्लासिकले अष्ट्रेलियाबासी नेपालीहरूको मन जित्ने दाबी गरेका छन भने काठमान्डौ अष्ट्रेलिया सोसाईटीका प्रजापति सिवाकोटी र रोशन भट्टराईले चलचित्र क्लासिकको अन्य शहरहरूमा पनि माग बढेको जानकारी दिएका छन । उनिहरूले अष्ट्रेलियाबासी नेपाली दर्शकहरूको माग अनुरूप चलचित्रको शो थप्दै जाने कुरा समेत बताए ।