सल्यान ४ भदौ । सल्यानमा स्यालको टोकाइवाट ७ जना घाइते भएका छन । पश्चिम देबस्थल गाबिस वडा न ९ घाट्गाउ बुरेली मा जङ्गलबाट एक्कासि आएर मान्छेहरुलाई टोक्दा ७ जना घाइते भएका हुन ।  घाइतेहरुको स्थानीय पोख्रेल मेडिकलमा उपचार भइरहेको छ भने एक जना गम्भीर घाइते ५० बर्षकी भुमा टमाटालाई थप उपचारको लागि नेपालगन्ज लगिएको छ ।jackleस्याल जङ्गलबाट एक्कासि आएर मान्छे र पशुचौपायलाई टोक्दै भागेको छ । तर कति पशु चौपाए टोकेको छ भन्ने एकिन गर्ना सकिएको छैन । टोक्ने स्याललाइ मारे पनि थप अन्य स्यालहरुको बिकबिकी रहेको स्थानीय पदम बुढाथोकीले जानकारी दिनुभएको छ ।।