भदौ, ४ सल्यान ।
जिल्ला कारागार सल्यानमा दुई जना नाबालक रहेका छन् । आमा कर्तब्य ज्यान मुद्धामा आरागार बसेपछि आमा संगै ती नाबालक पनि कारागार बसेका हुन् । सल्यानको कालागाउँ ३ का झण्डै २ बर्षिय बालक मनिष बस्नेत जिल्ला कारागार सल्यानमा रहेका छन् ।
यस्तै धनबाङ ७ की डेढ बर्षिय बालिका सरिता बुढाथोकी पनि कारागार सल्यानमा रहेकी छिन् ।karagar-57aa9939a5b902.26809681 बालबालिकालाई कारागारमा राख्न नपाईने भए पनि साना दूध खाने नाबालक भएकाले आमा संगै तिनीहरु कारागारमा रहेको जिल्ला कारागार सल्यानका जेलर बिक्रम केसीले जानकारी दिनु भयो । उहाँले बच्चा दुई बर्षको भए पछि ती बच्चाका बुवा अथवा अभिभाबकहरुको जिम्मा दिने बताउनु भयो । तर बच्चाका बुवा अथवा अभिभाबक कोहि पनि नआएमा जिल्ला बाल कल्याण समितिको जिम्मा दिईने बताउनुभयो ।।