काठमाडौं, ४ भदौ । नयाँ सरकार तथा प्रधानमन्त्री पूस्पकमल दाहाल प्रचण्डका विशेष दुतका रुपमा चिन भ्रमणमा गएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महरा साताव्यापी भ्रमण सकाएर शनिबार स्वदेश फर्किएका छन् ।

Krishna-Bahadur-Mahara-and-Wang-Yi

चीनमा चिनियाँ प्रधानमन्त्री, विदेशमन्त्री तथा अन्य कम्युनिष्ट पार्टीका नेताहरुसँगको भेटवर्ताबाट आफु उत्सहित भएको बताएका महराले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणबारे चीन सकारात्मक रहेको बताए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै महराले भने, —‘चिनियाँ प्रधानमन्त्री लीसँगको भेटमा भ्रमणबारे सकारात्म कुराकानी भयो, दुई देशका परराष्ट्र मन्त्रालय निरन्तर सम्पर्कमा रहने कुरा भएको छ ।’

उनको भ्रमणको मिति तय भइनसकेको तय भ्रमण पक्का भएको समेत महराको कथन थियो । केही समयमै नेपाल भ्रमणको मिति सार्वजनिक हुने समेत उनले बताए ।
खबरडबली बाट