रेखा मगर
दाङ, ४ भदौ ।
सरकारले रोड इजाजत नभएका स्थानहरुमा गाडी सन्चालनमा रोक लगाएसंगै दाङमा पनि त्यस्ता स्थानमा गाडी सन्चालनमा रोक लगाइएको छ । रोड इजाजत नभएका दाङका घोराही–दुइखोली, घोराही–मुर्कुटी, तुलसीपुरदेखि पश्चिम पुरन्धाराका स्थानमा रोड इजाजत नभएको भन्दै दाङ ट्राफिकले गाडी सन्चालनमा रोक लगाएको छ ।rolpa-3-300x225

प्रहरीका अनुसार यि स्थानमा रुट परमिट छैन । जिल्ला ट्राफिक प्रहरी प्रमुख अरुण कुमार सिंहले रोड इजाजत अर्थात रुट परमिटका लागी इजाजत नतोकेका बाटोहरुमा गाडी सन्चालनमा रोक लगाइएको जानकारी दिनुभयो । सवारी दुर्घटना न्युनिकरणको अभियान अन्तर्गत यो पनि एक विकल्प भएको उहाँले वताउनुभएको छ ।gadi

सरकारको यो कदमपछि घोराहीवाट दाङका पहाडी भेग र पश्चिम जाने गाडीहरु वन्द हुँदा सर्वसाधारण मर्कामा परेका छन । चाडपर्व नजिकिदै गर्दा र गाउँमा उत्पादित सामाग्री वजार ढुवानी गर्न तथा सामान ओसारपसारमा समस्या भएपछि नागरीकहरुलाइ सास्ती भएको छ । यसैवीच, ट्राफिक प्रहरीले रोड इजाजत नलिएर सन्चालनमा रहेका गाडीहरुलाई जरिवाना गरेको जनाएको छ ।।