काठमाडौँ, ३ भदौ । तत्कालीन राजपरिवारले सिकार गरेका वन्यजन्तुको ओखेटोपहार जीवजन्तुका हाड, छाला आदि०लाई सुरक्षित राख्न उचित पहल नहुँदा प्रायः सबै कुहिएका छन् । ओखेटोपहार कुहिएकाले ती राखिएको घर फरासखाना दुर्गन्धित बनेको छ ।
नारायणहिटी दरबार सङ्ग्रहालयको पश्चिमतर्फ रहेको फरासखानामा ती ओखेटोपहार राखिएका थिए । राजपरिवारले नारायणहिटी दरबार छाडेर गएपछि फरासखाना बेवारिसे बनेको छ । त्यहाँ रहेका ओखेटोपहार सद्दे अवस्थामा छैनन् । नारायणहिटी दरबार सङ्ग्रहालयका प्रमुख रोहित ढुङ्गानाले ओखेटोपहार कुहिएकाले तिनलाई सङ्ग्रहालयमा राख्न सकिन्न भन्नुभयो ।











