stnatiye punarsamrachanaकाठमाडौँ, २  भदौ ।  स्थानीय तह पुनर्संरचना आयोगले घटस्थापनासम्ममा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।  आगामी चैतमा स्थानीय निर्वाचन गर्ने योजनाअनुरूप असोज मसान्तभित्र प्रतिवेदन आओस् भन्ने सरकारबाट अनौपचारिक रूपमा आग्रह भएअनुसार आयोगले तयारी गरेको हो ।

‘सरकारले असोज मसान्तभित्र भनेको छ, यस बेला दसैँ पर्ने भएकाले घटस्थापना ९असोज १५ गते० भित्र प्रतिवेदन बुझाउने गरी हामी काम गरिरहेका छौँ­, आयोगका सदस्य निरज शाहले भन्नुभयो ।  निर्वाचन आयोगले चुनाव तयारीका लागि चार महिनाको समय चाहिने बताउँदै आएको छ ।

 तर यसका लागि केही सर्त रहेको उहाँले बताउनुभयो ।  उहाँले भन्नुभयो, ‘स्थानीय निर्वाचन सम्पन्न गर्न र संविधान कार्यान्वयनमा सहयोग पु¥याउन हामी समयमै प्रतिवेदन दिन तयार छौँ, तर राजनीतिक दलले सहयोग गर्नुपर्छ ।  हामी अहोरात्र खट्न तयार छौँ । ’

गत चैत १ गते गठन भएको गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगले साउन ३ गते स्थानीय तह पुनर्संरचनाको मापदण्ड सार्वजनिक गरेको थियो ।  मापदण्डअनुसार मुलुकभर स्थानीय तहको ५६५ इकाई रहने प्रारम्भिक हिसाब निकालिएको छ ।