इन्द्रेणी संवाददाता
घोराही, १ भदौ
दाङमा प्रहरीले अबैधरुपमा गिट्टी बालुवा उत्खनन गरी ओसारपसार गर्ने ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । तुलसीपुरको पातुखोलाबाट इलाका प्रहरी कार्यालयको टोलिले आज ८ वटा र घोराहीको कटुवाखोलाबाट एउटा गरि प्रहरीले ९ वटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।unnamed

पातुखोलाबाट रा १ त २००३, रा १ त १५३४, लु २ त ६२१९, रा १ त १८२३, रा १ त १०६४, रा १ त ७०६, लु २ त ६२१९ र लु १ त ७८०१ नम्बरका ट्याक्टरहरुलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालयले तुलसीपुरले जानकारी दिएको छ । नियन्त्रणमा लिएका ट्याक्टरहरुलाई आबश्यक कारबाहीका लागि जिल्ला विकास समितिमा पठाएको प्रहरीले जनाएको छ । यता घोराही नगरपालीका वडा नम्बर १० कटुवाखोलाबाट अवैधरुपमा ढुंगा उत्खनन् गरीरहेको रा १ त ५६७ नम्बरको ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएर जिविसमा पठाएको छ ।

उता व्यक्तिको जग्गाबाट ढुंगाजन्य बस्तु उठाएको आरोपमा ईलाका प्रहरी कार्यालय पञ्चकुले खिलतपुरले पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको छ । स्थानीयबासीले निबेदन दिएपछी प्रहरीले च्याति खोलाबाट पाँचवटा ट्याक्टरलाई नियन्त्रणमा लिएको हो । प्रहरीले रा १ त १६५३, लु १ त ७९३२, रा १ त १६१६, रा १ त १०४५ र रा १ त ११७७ नम्बरका ट्याक्टरलाई नियन्त्रणमा लिएको जनाएको छ ।।