प्यूठान १ भदौँ । 
प्युठानको फोप्ली गाविसका पहिरो पिडितलाई राहत वितरण गरिएको छ । डाक्टरहरु काशिम शाह, रोहित पोख्रेल, नारायण महतरा र मिटचेल सुचेस्टरले ३० बोरा चामल, खाद्यन्न, लत्ता कपडा सहितको राहत सामाग्री राहत संकलन टोलीलाई बुझाएको छ ।
बुधवार एक कार्यक्रमका बिच राहत वितरण गरिएको हो ।ll कार्यक्रममा नेपाली काग्रेस प्युठानका जिल्ला सदस्य माधवराज भण्डारी, फेप्ली गाविस इकाई सभापति हिमलाल भण्डरी लगायतको सहभागिता रहेको थियो । गत साउन १४ गते गएको पहिरोमा परि फोप्ली गाविसमा मात्रै धेरै जनाले ज्यान गुमाएका थिए भने १ सय २४ घर परिवार विस्थापित भएका थिए । सो गाविसमा गाडी पुग्न सहज भएकाले राहत वितरण भए पनि अन्य ठाउँमा भने राहत पुग्न समस्या रहेको स्थानीयले बताएका छन् ।।