इन्द्रेणी संवाददाता
घोराही १ भदौ ।
दाङमा कार र मोटरसाइकल एकाआपसमा ठोक्किदा दुइजना घाइते भएका छन । नारायणपुरबाट घोराही आउँदै गरेको रा.१.प ७७७९ नम्बरको मोटरसाइकल र बिपरित दिसा जादै गरेको बा.११.च ८७६९ नम्बरको कार त्रिपुर–४ सौडीकुलामा ठोक्किदा मोटरसाइकल चालक घाइते भएको प्रहरीले जनाएको छ ।aaa

घाइते हुनेमा त्रिपुर नगरपालिका –८ निवासी वीर बहादुर बिक रहेको दाङका प्रहरी प्रवक्ता डिएसपी प्रकाशराज शर्माले वताउनुभयो । विकको खुट्टामा चोट लागेको र पछाडि सबार उनका छोरा ९ बर्षिय असिन बिक सामान्य घाइते भएका छन । दुबै सबारी–साधनलाई प्रहरीको नियन्त्रणमा छन । घाइतेहरुको घोराही स्थित राप्ती उपक्षेत्रीय अस्पतालमा उपचार भईरहेको छ ।।