दाङ, ११ बैशाख
दाङवाट काठमाण्डौ जाँदै गरेको रात्रीवसमा ढुंगा प्रहार भएको छ । देउखुरीको लमही स्थित वसपार्कमा बा ३ ख ९६२१ नंवरको रात्रीवसमा ढुंगा प्रहार हुँदा वसको अगाडीको भाग फुटेको प्रहरीले जानकारी दिएको छ ।

bas

लमही वस्ने गोवद्र्धन सापकोटाले वसमा ढुंगा प्रहार गरेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ । ढुंगा प्रहार गर्ने सापकोटा प्रहरीको नियन्त्रणमा रहेका छन ।

के कारणले ढुंगा प्रहार भएको हो भन्ने वारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ । ढुंगा प्रहारवाट मानविय क्षति भने नभएको वताइएको छ ।।