काठमाडौँ, १ भदौ । अस्टे«लियामा बसोबास गर्ने प्रजातन्त्रवादी नेपालीको साझा संस्था नेप्लिज अस्टे«लियन डेमोक्रेटिक फोरम एनएडीएफको नवौँ अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनले एनएडीएफको अध्यक्षमा विवेक थापालाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । दुई वर्षका लागि निर्वाचित कार्यसमितिको उपाध्यक्षमा सुरेन्द्र सापकोटा र पूर्णनाथ घिमिरे, महासचिवमा माधव गैरे, सचिवमा इथान शाक्य र कोषाध्यक्षमा सत्यप्रकाश कँडेल निर्वाचित हुनुभएको छ ।
एनआरएन अस्टे«लियाका प्रवक्ता डा.ज्ञानेन्द्र रेग्मीका अनुसार पब्लिक रिलेसन अफिसरमा अर्जुन केसी, युवा संयोजकमा रामजी बस्नेत रहनुभएको छ भने कार्यसमिति सदस्यमा नन्द गुरुङ, परशुराम अधिकारी, प्रकाश जीसी, जितेन्द्र सापकोटा, रमेशप्रसाद जोशी, प्रकाश अर्याल, रोहित खड्का, उद्धव भट्ट, पूर्ण लिम्बू र प्रतिमा शर्मा हुनुहुन्छ ।
फोरमका निवर्तमान महासचिवसमेत रहनुभएका डा। रेग्मीले सेप्टेम्बर २४ मा बृहत् समारोह आयोजना गरी पदभार हस्तान्तरण गरिने बताउनुभयो ।
