काठमाण्डौ, ३२ साउन
काभ्रेको विर्तादेउरालीमा हिजो भएको दुर्घटनामा मृत्यु भएकाका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् । सोही कारण बनेपास्थित शिर मेमोरियल अस्पताल र्पुयाईएका २६ शवको पोष्टमार्टम हुन सकेको छैन । प्रहरीले दोषीलाई कारवाही गर्ने सुनिश्चित नगरीकन शव बुझेको व्यहोराको मुचुल्का तयार पारेकाले अस्वीकार गरेको मृतकका आफन्तले बताएका छन् ।11l
१२ जनाको मुचुल्का तयार भइसकेकोमा ‘व्यवसायीलाई बचाउने खालको’ व्यहोरा उल्लेख गरेको भन्दै आक्रोशित आफन्तले मुचुल्का च्यातेका थिए । प्रहरी प्रशासनले दोषीलाई कारवाही गर्ने प्रतिवद्धता गरी व्यवसायीसँग वार्ता नगरेसम्म पोष्टमार्टम गर्न नदिने अडान पीडित परिवारले राखेका छन् । मृतकका आफन्त, व्यवसायी र राजनीतिक दलहरु जिल्ला प्रशासन कार्यलयमा अहिले वार्तामा जुटेका छन् । विर्तादेउरालीमा हिजो यात्रुबस दुर्घटनामा हुँदा २७ जनाको मृत्यु भएको थियो ।

२६ जनाको घटनास्थलमै र एक जनाको काठमाडौंमा उपचारका क्रममा गएराती मृत्यु भएको हो । यसैबीच, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दुर्घटनाका घाइतेलाई भेट्न धुलिखेल अस्पताल पुग्नुभएको छ । घाइतेमध्ये धुलिखेल अस्पतालमा उपचाररत ६ जनालाई भेटी उनीहरुको स्वास्थ्य अवस्थाबारे ओलीले जानकारी लिनुभएको थियो । सो क्रममा ओलीले घाइतेको उपचारको उचित व्यवस्था मिलाउन सरकारलाई आग्रह गरिसकेको जानकारी दिनुभएको थियो ।।