रेखा मगर
दाङ, ३२ साउन
आज भएको ठूलो वर्षाका कारण दाङका खोलाहरुमा पानीको सतह बढेपछि सवारी आवागमनमा समस्या भएको छ । दाङको घोराही–तुलसीपुर, घोराही–लमही सडकखण्डमा पर्ने विभिन्न खोलामा आएको बाढीका कारण गाडीहरु आवतजावत गर्न नसकेको खवर छ ।csss
जिल्लाका खोलाहरुमा पानी मुनिको पुल हुँदा सर्वसाधारणले सास्ती खेप्दै आएका छन ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार जिल्लाका कटुवा खोला, पत्रे खोला, गुर्जे खोला, ग्वार लगाएतका खोलाहरुमा वाढी आएका कारण गाडी चल्न सकेका छैन ।
पानीको सतह नघटेसम्म गाडी चल्ने सक्ने अवस्था नरहेको प्रहरीको भनाई छ ।।