प्रेमबहादुर राम्जा 
हापुरे, ३२ साउन ।
नमुना प्रगतिशील प्राथामिक विद्यालय पुर्व हापुरेको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा डम्बर श्रीस मगर चयन हुनुभएको छ । विद्यालयको आज विद्यालय ब्यबस्थापन समिति गठनार्थ भएको अभिभावक भेलाले श्रीस मगरको अध्यक्षतामा नौँ सदस्यीय विद्यालय ब्यबस्थापन समिति गठन गरिएको हो । जसको सदस्यहरुमा गौरीकला रोका, टेकबहादुर सिजाली मगर, टोपबहादुर रोका, अमृता थापा, खगी ढेङ्खा मगर, शिक्षक प्रतिनीधि खिमाकुमारी बोहरा र सदस्य सचिवमा जितबहादुर केसीलाई चयन गरिएको छ ।

1
शिक्षक अभिभावक संघका अध्यक्ष रीमबहादुर गाहा मगरको अध्यक्षता तथा हंसपुर स्रोत केन्द्रका स्रोतब्यक्ति विष्णु केसीको प्रमुख आतिथ्यता तथा पुरन्धारा गाविसका प्रतिनीधि तिलक केसीको विशिष्ट आतिथ्यतामा अभिभावक भेला सम्पन्न भएको हो । यस्तै शिक्षक अभिभावक संघको अध्यक्षमा पुनः रीमबहादुर गाहा मगर, सदस्यहरुमा रम्बा सारु, धनसरी खाम्चा, देवीसरा सिजाली, भिमा बंशी, गोपी ठाडा, चन्द्रा खड्का, कुलबहादुर सोती, मनिषा केसी, शिक्षक प्रतिनीधि चन्द्रीकुमारी श्रीस र खिमा वलीलाई चयन गरिएको छ ।

2
त्यस अवसरमा नेपाली काँग्रेस पुरन्धाराका सभापति बलबहादुर बुढा, नेकपा एमाले पुरन्धाराका अध्यक्ष भुवनेश्वर पौडेल, राष्ट्रिय जनमोर्चाका दयाराम गौतम, ईलाका बन कार्यालय पुरन्धाराका प्रमुख कमल पुन, ईलका प्रहरी कार्यालय हापुरेका प्रमुख परेगनारारायण चौधरीलगायतकाले बोल्नुभएको थियो ।
त्यस अवसरमा विद्यालयका प्रधानाध्यापक जितबहादुर केसीले विद्यार्थीको त्रैमासिक प्रगति विवरणका बारेमा जानकारी गराउनुभएको थियो ।

यस्तै कार्यक्रममा आय÷ब्यय प्रस्तुत गर्दै प्रधानाध्यपक केसीले १६ लाख चौरानब्बे हजार दुई सय ४४ रुपैया आम्दानी भएको र १६ लाख उन्तीस हजार पाँच सय छयानब्बे रुपैया खर्च भएको तथा चौसठ्ठी हजार ६ सय ७५ रुपैया बचत रहेको जानकारी गराउनुभएको थियो ।।