सर्लाही, ३२ साउन
सर्लाहीमा ट्रयाक्टरले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । हरिवन–१० ताइवान बस्तीमा लु ३ प ३००९ नम्बरको ट्रयाक्टरले को ज ५ प ६२९५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालकको ज्यान गएको छ ।
दुर्घटनामा जानकीनगर–७ का ५५ वर्षका राम सोगारथ महतोको ज्यान गएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल लगिएको छ ।।
