३२ साउन, काठमाडौं ।
सरकारले जनयुद्धमा मृत्यु भएका तथा वेपत्ता पारिएकाहरुको परिवारलाई पूर्वघोषणा अनुसार बाँकी पाँच लाख रुपैयाँ दिने निर्णय गरेको छ ।  माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भएपछि साउन २० गते बसेको मन्त्रिपरिषद बैठकले यो रकम दिने निर्णय गरेको हो । आज सहिद एवं वेपत्ता योद्धा परिवारका प्रतिनिधिहरुसँगको भेटमा पनि प्रधानमन्त्री प्रचण्डले बाँकी ५ लाख दिने निर्णय भएको बताउनुभयो । जनयुद्धका सहिदहरुलाई राज्यको तर्फबाट सहिद घोषणा गर्ने र १० लाख दिने निर्णय प्रचण्ड पहलोपटक प्रधानमन्त्री हुँदा गरेको पहिलो निर्णय थियो ।pushpa_kamal_dahal-621x414-1-1
प्रधानमन्त्री दाहालले अहिले जिम्मेवारी सम्हालेपछि बाँकी ५ लाख दिने पहिलो निर्णय गरेको वताउनुभयो । २०६५ मा प्रचण्ड सरकारले १० लाख दिने निर्णय गरेपनि ५ लाखभन्दा बढी पाएका छैनन् । केहीले त यो ५ लाख पनि नपाएको गुनासो गर्दै आएका थिए । माओवादीका तत्कालीन नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा बाँकी पाँच लाख नगद दिनुको साटो कुनै जलविद्युत आयोजनामा शेयर दिने घोषणा भएको थियो । तर, यो निर्णय पनि कार्यान्वयन भएन ।
आफ्नो समर्थनमा बनेको केपी ओली नेतृत्वको सरकारले बजेट ल्याउन लाग्दा माओवादीले यो माग गरेको थियो । दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्डले साउन २० गतेको मन्त्रिपरिषद् बैठकबाट आफ्नो पूर्व निर्णय कार्यान्वयन गर्ने निर्णय गराउनुभएको छ ।।