इन्द्रेणी संवाददाता
दाङ, १० बैशाख ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाओवादीको नेतृत्वमा राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको छ । नेपाल वुद्धिजिवि संगठन दाङको सम्मेलन उद्घाटन गर्दै प्रचण्डले संघीयता, धर्मनिरपक्षता, गणतन्त्र र समानुपातिक समावेशि लागु गर्नका लागि वृहत्तर राष्ट्रिय एकता आवश्यक भएको बताउनुभएको हो ।

15

‘जनयुद्ध र शान्तिप्रकृयाको नेतृत्व गरिसकेको हैसियत र अहिलेको आवश्यकताको आधारामा राष्ट्रिय एकताको नेतृत्वले माओवादीले नै गर्छ’–उहाँले भन्नुभयो–पूँजीवादी क्रान्तिका बाँकी कार्यभार पूरा गर्दै समाजवादी क्रान्ति पूरा गर्न सबै केन्द्रित हुनुपर्छ ।’

राजनीतिक रुपमा उपलब्धिहरु हासिल भए पनि जनताका आवश्यकताहरु अँझै पूरा हुन नसकेकाले क्रान्तिकारी शक्तिहरु गोलवन्द हुनुपर्ने आवश्यकता औंल्याउनुभयो । क्रान्तिको नेतृत्व गरेको माओवादी शक्ति विभाजित हुँदा सबैको चित्त दुखेको प्रंसग कोट्याउँदै प्रचण्डले सबै माओवादी शक्तिहरु एक ठाउँमा आउन जरुरी भएको धारणा व्यक्त गर्नुभयो ।

केही नेताहरु पार्टीबाट बाहिरिदा पार्टी कमजोर भएको जस्तो देखिएको उहाँले बताउनुभयो । ‘विरामी हुँदा उपचार गर्ने डाक्ट र वैद्य अहिले हाम्रो पार्टी भित्र हुनुहुन्छ, यसले मनोवैज्ञानीक रुपमा पार्टी कमजोर भएको प्रचार भएको छ’–प्रचण्डले भन्नुभयो–‘संगठनका हिसावले माओवादी कमजोर भए पनि नेतृत्व र ऐजेण्डाको आधारमा माओवादी एक नम्मरको पार्टी हो ।’

दुई वर्ष भित्र संगठनको हिसाबले पनि पार्टीलाई एक नम्वरको बनाउँ सबै नेता कार्यकर्ता लाग्नुपर्ने उहाँको भनाई थियो । वुद्धिजिविहरुलाई अहिले प्राप्त भएका उपलब्धिहरुका विषयमा जनतालाई बुझाउन आग्रह गर्नुभयो । संगठनका संयोजक अरुणकुमार शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सदस्य सर्जन गौतमले गर्नुभएको थियो ।।