दाङ, ३२ साउन
नेपाल विद्यार्थी संघको प्रदर्शनवारे समाचार संकलन गरिरहेका पत्रकार किशोर चौधरीमाथि भएको कुटपिटप्रति मिडिया नेपालले ध्यानाकर्षण भएको छ । नेविसंघको महाधिवेशनमा भएको प्रदर्शनवारे समाचार संकलनका लागी काँगे्रस पार्टी कार्यालय सानेपामा पुगेका चौधरीमाथि नेपाल प्रहरीवाट दुव्र्यवहार र कुटपिट भएको मिडिया नेपालले वताएको छ ।press

मिडिया नेपालका सचिब टेकराज शाहीले पे्रस विज्ञप्ती जारी गर्दै सो घटनाप्रति ध्यानाकर्षण भएको उल्लेख गर्नुभएको छ ।

समाचार संकलनकै क्रममा पत्रकार चौधरीमाथि भएको बर्बर आक्रमणले स्वतन्त्र पत्रकारितामा आँच पुगेको विज्ञप्तीमा उल्लेछ ।

साथै घाइते पत्रकार चौधरीको स्वास्थ्यलाभको कामना गर्दै घटनाको दोषिलाइ कडा कारबाहीको माग गरिएको छ ।।