रुकुम, ३२ साउन
खुल्ला दिसामुक्त घोषणा भई पुर्ण सरसफाईका अभियानका चलिरहेको बेला रुकुममा एक सरकारी कार्यालय भने शौचालय बिहिन अबस्थामा रहेको छ । रुकुमको आठबिसडाँडागाउँ ४ गोईरीको स्वास्थ्य चौकी शौचालय बिहीन अबस्थामा रहेको छ ।Rukum district

कार्यालयको शौचालय बर्षातका कारण ढलेपछि शौचालय बिहीन भएको हो । आफ्नो शौचालय नहुँदा स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी तथा जाँचका लागि आउने बिरामीहरुलाई समस्या भएको छ ।

हाल स्थानीय जनकल्यान माबिको शौचालय प्रयोग गरेर काम चलाउने गरिएको स्वास्थ्य चौकी प्रमुख विबेक बिएमले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयको शौचालय मात्र नभएर कार्यालय भवन नै जीर्ण भई बिरामीहरुलाई चेकजाँचमा समेत समस्या भएको छ । बर्षात सकिए लगतै जिल्ला स्थित बिभिन्न संघसंस्था तथा अन्य निकायबाट पहल गरि शौचालय तथा भवन मर्मत गरिने छ ।।