teacher day 2भक्तपुर २९ साउन । शिक्षा क्षेत्रमा उल्लेखनीय काम गर्दै आएका ब्यक्तिलाई पुरस्कृत गर्ने चलन अनुसार त्यस्ता ब्यक्तिको छनौटको प्रकृया शुरु भएको छ ।

राष्ट्रिय शिक्षा दिवस २०७३ को अवसरमा यस बर्ष शिक्षक कर्मचारी गरी ५ सय १४ जनालाई पुरस्कृत गर्ने शिक्षा विभागले जनाएको छ ।

जस मध्ये शिक्षक र विद्यालय ब्यवस्थापन समितिका गरी ४ सय ५० जना पुरस्कृत हुने छन् । जिल्ला शिक्षा कार्यालय, क्षेत्रीय शिक्षा निर्देशनालय र शिक्षा विभागका गरी ६४ जना कर्मचारीले पुरस्कार पाउने छन् ।

सामुदायिक विद्यालयमा ५ सय जना सम्म शिक्षक दरबन्दी भएका जिल्लाबाट एक जना शिक्षक, १ हजार जना शिक्षक दरबन्दी भएका जिल्लाबाट २ जना, १ हजार ५ सय शिक्षक दरबन्दी भएका जिल्लाबाट ३ जना र सो भन्दा बढी शिक्षक दरबन्दी भएका जिल्लाहरुबाट ४ जना सम्मका दरले शिक्षकको नाम सिफारिस गर्न सकिने छ ।

त्यस्तै ५ सय वटा सामुदायिक विद्यालय भएको जिल्लाबाट १ जना र ५ सय भन्दा धेरै सामुदायिक विद्यालय भएको जिल्लाबाट २ जनाका दरले शिक्षक, विद्यालयका कर्मचारी ब्यवस्थापन समितिका पदाधिकारी, शिक्षासेवी, शिक्षा प्रेमीको नाम सिफारिस गर्न सकिने छ ।